पोलिगनमा पढ्ने सञ्चारकर्मीलाई ५० प्रतिशत छुट, भर्ना हुने समय जेठ मसान्त

२४ जेठ ०८०, कााठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्वन्धन प्राप्त पोलिगन कलेजले सञ्चारकर्मीहरुलाई जेठ मसान्तसम्म भर्ना भई ५० प्रतिशत छुटमा पढ्न सक्ने बताएको छ ।

प्रिन्सिपल अविरल थापाले कलेजमा स्नातकोत्तर तहमा सन् २०११ देखि पठनपाठन भइरहेको अवगत गराउँदै सञ्चारकर्मीहरुलाई ५० प्रतिशत छुटमा पढने व्यवस्थासहित जेठ मसान्तसम्म भर्ना हुने समय दिइएको बताएका हुन् ।

“यस २०२३ को शैक्षिक सत्र यसै हप्ता सुरु भएको छ तर अझै पनि ईच्छुक कोही छन् भने मिति २०८०/२/३२ भित्र भर्ना भई अध्ययन गर्न सकिनेछ,” प्रिन्सिपल थापाले भनेका छन, “इच्छुक संचारकर्मीहरुलाई दुई वर्षे कोर्सको १ लाख २५ हजार ५ सय रुपैयाँमा पढने व्यवस्था मिलाईएको छ । जुनसुकै विषयमा स्नातक गरेकाहरुले पढन सक्नेछन् तर यही समयमा अन्य विषयमा अन्य विश्वविद्यालयमा पढिरहेकाहरु चाँहि सहभागी हुन सक्ने छैनन् ।”

यस्तै कलेजले कक्षाहरु अनलाइनमै सञ्चालन हुने तर परीक्षाको लागि ६ महिनामा एकपटक भौतिकरुपमै उपस्थित हुनुपर्ने जानकारी दिएको छ ।