
काठमाडौं । निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सक) ले आयोजना गरेको अन्तर विद्यालय कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
प्याब्सक काठमाडौद्वारा आयोजित सातौँ संस्करणको अन्तरविद्यालय फूटसल प्रतियोगिता मंसिर २० र २१ गते सम्पन्न भएको हो ।
फूटसल प्रतियोगितामा २६ स्कुलका टिमहरु सहभागी थिए । जसमध्ये मनास्लु वर्ल्ड कलेज चुच्चेपाटी प्रथम, लुम्बिनी एकेडमी चुच्चेपाटी द्वितीय र प्रशान्ती एकेडमी कपनले तृतीय स्थान हाँसिल गरेका छन् । फूटसल प्रतियोगिताको फाइनलमा मनास्लु वर्ल्ड स्कुलले लुम्बिनी एकेडमी माथि ६–० गोलले जित हात पारेको थियो ।

प्रतियोगिताको समापनमा प्रमुख अतिथि तथा राखेप सदस्य–सचिव टंकलाल घिसिङले प्रथम हुने टिमलाई रु. १० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र, दोश्रो हुने टिमलाई रु. ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमलाई रु. ३ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
त्यसैगरी बेस्ट प्लेयर संगम वाइवा, फेयर प्ले पायोनर पब्लिक स्कुल, हाइ स्कोर सन्जय थापा, मनास्लु वोर्ल्ड कलेज र बेस्ट गोलकिपर मनास्लु कै पदम तामाङले प्राप्त गरे ।













