२८ कार्तिक ०८२, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने दललाई मंसिर १ गतेदेखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचन लड्न चाहनेलाई मंसिर १ गतेदेखि ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न कार्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसकेको हुनुपर्ने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते तोकिएको छ ।
राष्ट्रिय सभा सदस्य १९ जना आगामी फागुन २० मा बिदा हुँदैछन् । त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनित सांसद छन् । बाँकी १८ पदका लागि माघ ११ गते चुनाव हुन लागेको हो ।













