१ असोज ०८१, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताउँदै यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताएका छन् ।
सभापति देउवाले कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, कसरी अझ प्रभावकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ ।’
कार्यक्रममा उनले समानुपातिक प्रणालीमा प्रश्न उठेपनि समावेशीबारे कसैले प्रश्न नउठाएको बताए ।













