प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत

२ असार ०८२, काठमाडौं । मन्त्रिपरिषद्बाट प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण स्वीकृत भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको हो ।

एक मन्त्रीकाअनुसार संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन स्पेन जान लागेका प्रधानमन्त्रीको असार १४ गतेबाट २० गतेसम्मका लागि भ्रमण स्वीकृत भएको छ ।