२ मंसिर ०८२, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरुसँग छलफल गर्ने भएकी छन् ।
उनले बधुबार अपरान्ह ४ बजे आयोगमा दर्ता भएका एक सय २३ दलसँग चुनावबारे छलफल गर्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको सचिवालयले फागुन २१ को चुनावका लागि दलहरू दर्ताको प्रक्रिया चलिरहेका बेला चुनावमा सहभागिताका लागि अपिल गर्ने प्रयोजनका लागि संयुक्त बैठक बोलाएको बताएको छ ।













