१९ साउन ०८२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन आइतबार मध्यराति फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान प्रस्थान गरेका हुन् ।
नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुँदैछ ।
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।













