प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच भेटवार्ता

१४ भदौ ०८२, चीन । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच भेटवार्ता भएको छ ।

चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सचिवालयले उक्त भेटवार्तामा नेपाल र चीनबीच दुई पक्षीय सम्बन्धको विषयमा छलफल भएको जनाएको छ ।