२७ चैत्र ०८१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिजराज सिंह चौहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच बुधबार साँझ प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको हो ।
मन्त्री चौहान बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का कृषिमन्त्रीहरुको बैठकका लागि नेपालमा आएका हुन् ।













