२९ मंसिर ०८२, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा आईसीटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याव स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा धनुषाको विदेह नगरपालिका–२ दुहवीमा रहेको उक्त विद्यालयका प्रअले रकम हिनामिना गरेको दाबीसहित आयोगले सोमबार मुद्दा दायर गरेको हो ।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले दिएको जानकारी अनुसार अख्तियारले प्रधानाध्यापक ठाकुरसँगै तत्कालीन लेखापाल अरूणकुमार कुशियैतविरूद्ध जनही आड लाख ६२ हजार एक सय ५२ रूपैयाँ बिगो रकमसहित विशेष अदालतमा मुद्दा दायर भएको छ ।













