प्रहरी कर्मचारीहरूलाई सामूहिक भावनाले काम गर्न आइजीपी थापाको निर्देशन

२८ जेठ ०८२, काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूलाई सामूहिक भावनाले काम गर्न निर्देशन दिएका छन् ।

बुधबार नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण गरेपछि आइजीपी थापाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

सम्बोधनकाक्रममा आईजीपी थापाले भने, ‘सामूहिक भावना र थप व्यावसायिकता प्रदर्शन गर्दै उच्च मनोबलका साथ अब्बल कटिबद्ध भएर काम गर्नुहोस् ।’

प्रहरी महानिरीक्षक थापाले भौतिक र प्राविधिक रूपमा अस्पतालको स्तरोन्नति गर्ने, कार्यरत कर्मचारीको वृत्ति विकास गर्ने लगायतका विषयमा संगठन सदैव सकारात्मक रहेको पनि बताए ।