७ जेठ ०८२, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् भारतमा निर्यात सुरु गरेको छ ।
प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले शनिबार रातिबाट भारतमा विद्युत् निर्यात सुरु भएको बताए ।
शनिबार राति २ सय मेगावाट विद्युत् निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा बढी निर्यात भइरहेको उनले बताए ।
केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत् निर्यात गर्न थालेको हो ।
भारतबाट महँगो मूल्यमा किनेर सस्तोमा ग्राहकलाई बिक्री गर्दा दैनिक रूपमा ठूलो घाटा बेहोरिरहेको प्राधिकरणलाई योसँगै राहत मिलेको छ ।













