देवराम यादव/१ असार ०७७, सप्तरी । बलात्कारका फरार आरोपी एक वर्षपछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ७ का ३७ वर्षीय शिव शंकर मण्डललाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा मण्डललाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
उनले २०७६ असार १८ गते राति ९ बजेतिर गाउकै एक युवतीलाई बलात्कार गरी फरार मण्डललाई आइतबार सप्तरी जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गराई आवश्यक अनुसन्धान भइरहेको पनि बताए ।













