२४ कार्तिक ०८२, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गर्न दुई दिन समय उपलब्ध गराउने तयारी गरेको छ ।
निर्वाचन तालिका अन्तर्गत यस्तो तयारी भएको हो । प्रारम्भिक तालिका अनुसार समानुपातिक निर्वाचन प्रणाली तर्फ बन्द सूची पेश गर्ने समय आगामी पुस १८ र १९ गते हुनेछ । यसमा आयोगले पछि हेरफेर समेत गर्न सक्ने बताइएको छ ।
गत भदौ २३ र २४ को जेनेरेशन जेडको प्रदर्शनपछि गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिसकेको छ ।













