१९ फागुन ०८१, जनकपुरधाम । सप्तरीको बस्तीमा पसेर पाँच जनालाई आक्रमण गरी घाइते बनाएको बाघलाई नियन्त्रणमा लिइएको छ ।
बस्ती पसेको बाघलाई सोमबार बिहान नियन्त्रणमा लिइएको हो ।
सप्तकोशी नगरपालिका–१ खोरिया टोलस्थित सहिद रंगशाला नजिक जंगली बाघले आक्रमण गर्दा स्थानीय ४३ वर्षीय कृष्ण विष्ट, ५५ वर्षीय गणेश खत्री, ६५ वर्षीय रिजन गोसाई, वडा नम्बर –१ फत्तेपुरका ६० वर्षीय गोपाल बिक र ५० वर्षीय कान्छा राई घाइते भएका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बेस फत्तेपुर सप्तरीको संयुक्त टोलीले कोशी टप्पु वन कार्यालयलाई खबर गरेको थियो ।
।
घाइतेहरूको उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।













