६ मंसिर ०८०, काठमाडौं । डाक्टर बाबुराम भट्टराईको नेतृत्वको नेपाल समाजवादी पार्टीले अध्यक्ष भट्टराईको अध्यक्षतामा पार्टी एकता संयोजन समिति गठन गरेको छ ।
पार्टी केन्द्रीय समितिको बुधबार बसेको बैठकले अध्यक्ष भट्टराईको संयोजकत्वमा पार्टी एकता/ध्रुवीकरण संयोजन समिति बनाउने निर्णय गरेको हो ।
उक्त समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहेका छन् ।
अध्यक्षद्वय भट्टराई र यादवले जारी गरेको विज्ञप्तिमा बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता÷ध्रुवीकरण गर्दै जान समिति गठन गरेको उल्लेख छ ।
गत शुक्रबार प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. भट्टराईलाई बोलाएर आफूहरुकै नेतृत्वमा पार्टी एकता समायोजन समिति बनाउन प्रस्ताव गरेका थिए ।













