२ भदौ ०८१, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि कारागार चलान आदेश दिएको छ ।
आइतबार झालाई न्यायाधीश तिर्थराज केसीको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले दिएको जानकारीअनुसार अदालतको आदेशसँगै झालाई केन्द्रीय कारागार सुन्धानरा पठाइएको छ ।
झालाई ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो ।
भारतीय समेत नागरिकता रहेको दाबी गरिएका झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ रहेको छ ।













