भारतमा अनलाइन जुवा पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित

६ भदौ ०८२, नयाँ दिल्ली । भारतको संसदले अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ ।

भारतमा नयाँ कानुनले तास, पोकर खेलजस्ता अनलाइन प्लेटफर्महरू प्रतिबन्धित गरेको हो ।

‘अनलाइन गेमिङ प्रवद्र्धन तथा नियमन विधेयक’ नामको यो कानुन बिहीबार साँझ संसदको दुवै सदनबाट पारित भएको थियो । अबदेखि यस्तो जुवा खेल, यसको प्रचार वा वित्तीय लगानी गरेमा पाँच वर्षसम्म कैद सजाय हुन सक्नेछ ।

नयाँ कानुनले ई–स्पोट्र्स र शैक्षिक खेलहरूलाई भने छुट दिएको छ । सरकारले यस्ता सकारात्मक खेलहरूलाई डिजिटल अर्थतन्त्रको अंगका रूपमा प्रवद्र्धन गर्ने बताएको छ ।

भारतमा करिब ४५ करोड मानिसले अनलाइन जुवा खेलेर प्रत्येक वर्ष कूल २.३ अर्ब अमेरिकी डलर गुमाउँदै आएको बताइन्छ ।