
१८ जेठ ०८०, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा केही महत्वपूर्ण सम्झौता तथा सहमतिहरु गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा नेपाल-भारतबीच बुटवल गोरखपुर ४०० केभी प्रसारण लाइन सम्झौता, तल्लो अरुण परियोजना विकास सम्झौता, भारतीय आन्तरिक जलमार्गमा नेपालको पहुँच, रक्सौल काठमाडौं रेलमार्गको सर्भे रिर्पोट नेपाललाई हस्तान्तरण, फुकोट कर्णाली बनाउन सम्झौता भएका छन् ।
यसैगरी भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा, गौतमबुद्ध विमानस्थलमा आइएलएस अनुमति, अन्तरदेशीय भुक्तानी प्रणालीमा सम्झौता, भारतीय भूमि हुँदै बंगलादेशलाई बिजुली बेच्न सहमति भएका छन् ।













