२४ बैशाख ०८२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाषिक आन्दोलन बचाउने कुरामा गोरखापत्र अगाडि रहेका बताएका छन् ।
गोरखापत्र दैनिकको १२५औं वर्ष प्रवेश तथा ६३औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले नेपाली मिडियामा प्रयोग हुने भाषाप्रति आपत्ति जनाउँदै गोरखापत्रले मात्रै नेपाली भाषाको सम्मान गरेको तर्क राखे ।
गोरखापत्र नेपाली भाषाको शुद्धताको मानक मानिने भन्दै प्रधानमन्त्री ओलीले कुनै पनि समाचारपत्रले भन्दा भाषिक आन्दोलन बचाउने कुरामा गोरखापत्र अगाडि रहेको बताए ।
उनले भने, ‘राष्ट्रपतिले भने भन्छ कि भन्नुहुन्छ भन्छ कि मैले याद गरेको छैन । नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे भन्ने नेपाली भाषा होइन ।’













