भीमफेदी कारागारका १६८ जना कैदीबन्दी अझै फरार

९ मंसिर ०८२, बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २७२ जना कैदीबन्दी कारागार फर्किएका छन् भने १६८ जना कैदीबन्दी अझै फरार छन् ।

गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४ सय ४० कैदीबन्दीमध्ये आज बिहानसम्म २७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए ।

कारागारबाट भागेकामध्ये हालसम्म दुई सय ७२ र अन्य कारागारबाट फरार ३७ गरी तीन सय नौ कैदीबन्दी भीमफेदी कारागार फर्किएको प्रमुख पौडेलले बताए ।

प्रमुख पौडेलका अनुसार भागेकामध्ये भीमफेदी कारागारका एक सय ६८ कैदीबन्दी आझै फरार छन् । फरार भएका ३९ जना विदेशी कैदीबन्दीमध्ये १३ जना कारागार फर्किएको र २६ जना अझै फरार छन् ।