
२० फागुन ०८१, डमौली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपाल तनहुँको चौथो जिल्ला सम्मेलनले सुमन आलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
मंगलबार तनहुँको सदरमुकाम डमौलीमा पार्टीका केन्द्रीय सदस्य हरिबहादुर चुमान
‘अजित’को प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले आलेको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नयाँ कार्यसमिति :
अध्यक्ष, सुमन आले मगर (शुक्लागण्डकी)
उपाध्यक्ष, कटक बहादुर थापा मगर (आँबुखैरेनी)
उपाध्यक्ष (महिला), दमयन्ती थापा मगर (बन्दीपुर)
सचिव, जनक राना मगर (घिरिङ)
सहसचिव, तिल बहादुर थापा मगर (देवघाट)
कोषाध्यक्ष, नारायण थापा मगर (व्यास)
सदस्य, उमेश आले मगर (देवघाट)
सदस्य, टंक कुमारी सिंजाली मगर (आँबुखैरेनी)
सदस्य, मदन पाटा मगर (बन्दिपुर)
सदस्य, भिम बहादुर गाछा मगर (भानु)
सदस्य, नारायण थापा मगर (भानु)
सदस्य, दुर्गा थापा मगर (व्यास)
सदस्य, पुष्पा राना मगर (व्यास)
सदस्य, दान बहादुर आले मगर (ऋषिङ)
सदस्य, वीर बहादुर आले मगर (ऋषिङ)
सदस्य, प्रेम थापा मगर (म्याग्दे)
सदस्य, बिद्यादेवी थापा मगर (म्याग्दे)
सदस्य, मालती राना मगर (शुक्लागण्डकी)
सदस्य, गंगा सिङ राना मगर (भिमाद)
सदस्य, प्रमिला थापा मगर (भिमाद)
सदस्य, भगवती थापा मगर (घिरिङ)

उक्त सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमराज आले ‘मदन’, उपत्यका विशेष प्रदेश सहसचिव सोमबहादुर थापा ‘एसबी’, तनहुँ जिल्ला संयोजक सूर्यबहादुर गौली ‘पारस’ गण्डकी प्रदेश सदस्य पूर्णसिङ्ग थापा, डिलबहादुर नेपाली, प्रदेश सल्लाहकार परिषद सदस्य दलबहादुर विक, मगर राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय सचिव विरबहादुर थापा, केहरसिं आले, हर्कबहादुर थापा ‘एचबी’, व्यास नगरपालिका अध्यक्ष गोपाल सुर्खाली लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।














