मधेश प्रदेशका पूर्वप्रमुख अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

१४ साउन ०८२, काठमाडौं । जिल्ला अदालत काठमाडौंले मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश पिताम्बर शर्माको इजलासले अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

उनीविरुद्ध एक महिलाले आफूलाई ४ जेठ २०८१ मा काठमाडौंको नयाँ बानेश्वरस्थित आफ्नै डेरामा बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गरेकी थिइन् ।