३० जेठ ०८२, काठमाडौं । मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म रातिको समयमा आंशिक बन्द हुने भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गतको यो सडकखण्ड जेठ ३० गतेदेखि असार ७ गतेसम्म राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो ।
यस सडकखण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकाले रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।













