१८ भदौ ०८२, काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।
प्रहरीले दिएको जानकारीअनुसार पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसको ठक्करले पैदल हिँडिरहेकी बालिका आशिका तामाङको मृत्यु भएको हो ।
घटनास्थलबाट ती बालिकालाई अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ ।













