२९ चैत्र ०८१, डमौली । तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले दिएको जानकारीअनुसार व्यास नगरपालिका–२ दमौली निवासी ११ वर्षीय यमन शाहीको मादी नदीमा डुबेर मृत्यु भएको हो ।
पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएर बेपत्ता भएका थिए ।
प्रनाउ थापाले बेपत्ता शाहीको बिहीबारदेखि नै खोजतलास गरिए पनि आज साँझ व्यास नगरपालिका–१ स्थित मादीसेती घाट नजिक शव भेटिएको बताए ।













