११ असार ०८२, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान भइरहेको छ ।
पतञ्जली जग्गा प्रकरणमा आफू विरुद्धको मुद्दाको सिलसिलामा विशेष अदालतको इजलास २ मा पूर्वप्रधानमन्त्री नेपालको बयान चलिरहेको हो ।
इजलास २ मा विशेष अदालतका सदस्यहरू न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइराला छन् ।
पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।
बयान सकेर आजै थुनछेक बहसको तयारी गरिएको छ ।













