मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष भक्तपुरबाट पक्राउ

१५ साउन ०८२, भक्तपुर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसी भक्तपुरमा पक्राउ परेका छन् ।

करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा दोलखाको मेलुङ गाउँपालिका वडा नं. ६ घर भएका ३४ वर्षीय केसी भक्तपुरबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता गणेश सापकोटाले पक्राउ परेका केसीलाई रुपन्देही ल्याइएको जानकारी दिए । साथै, उनले केसी विरुद्ध २० बैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको बताए ।

मार्गदर्शन बहुउद्देश्यीय सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ ।