मुसिकोटकी उपप्रमुख गंगा श्रेष्ठको पार्टी सदस्य निलम्बन

२४ साउन ०८२, गुल्मी । नेकपा एमाले गुल्मीले जिल्ला कमिटी सदस्यसमेत रहेकी मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

गुल्मी जिल्ला पदाधिकारीको बैठकले श्रेष्ठलाई अनुशासनको कारबाही गर्दै एक वर्षका लागि पार्टी सदस्यबाटै निलम्बन गरेको हो ।

श्रेष्ठलाई अनुशासनको कारबाही गरिएको भन्दै जिल्ला अध्यक्ष बालसिंह काउछाले एक वर्षसम्म पार्टी सदस्य नरहने गरी पार्टी सदस्यको हैसियतमा कुनै पनि काम–कारबाही नगर्न चेतावनी दिई पत्र पठाएका छन् ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुख निर्वाचित भएकी श्रेष्ठले आफूले कारबाहीको पत्र प्राप्त नगरेको साथै आफ्नो अधिकार खोज्दा कारबाही गरेको बताएकी छन् ।