२६ पुस ०७८, काठमाडौं । मेडिकल कलेजका विद्यार्थीहरूको आन्दोलनप्रति ७ विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएकाे छ ।
नेकपा एमालेनिकट अनेरास्ववियु बाहेकका ७ विद्यार्थी संगठनको सोमबार बसेको संयुक्त बैठकले विभिन्न मेडिकल कलेजमा भइरहेको विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएकाे हाे ।
अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, समाजवादी विद्यार्थी संगठन लगायत युनियनहरूले एमबीबीएस विद्यार्थीको आन्दोलनप्रति संयुक्त ऐक्यवद्धता जनाएका हुन् ।
विद्यार्थी संगठनले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजको समस्या तत्काल समाधान गर्न माग गर्दै विद्यार्थीमाथि भएको आक्रमणकाे निन्दासहित दाेषीलाई कारबाहीको माग समेत गरेका छन् ।













