मेयर बालेन्द्र शाह आफैंले गरेको निर्णयबाट पछि हटे

५ असार ०८२, काठमाडौं । मेयर बालेन्द्र शाह आफैंले गरेको निर्णयबाट पछि हटेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख शाहले जेठ १ गते सूचना प्रविधि समिति संयोजक नवीन मानन्धर, सुशासन समिति संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र विधायन समिति संयोजक मचाराजा महर्जनको जिम्मेवारी खोसेका थिए ।

उनीहरूको स्थानमा सूचना प्रविधि समिति संयोजकमा एमालेबाट निर्वाचित वडाध्यक्ष वीरेन्द्र प्रजापति, कांग्रेसबाट नै निर्वाचित वडाध्यक्ष दलबहादुर कार्कीलाई सुशासन समिति संयोजक, सम्पदा तथा पर्यटन समितिका संयोजकमा कांग्रेसबाट निर्वाचित विनोदकुमार राजभण्डारी र विधायन समितिमा रास्वपाबाट निर्वाचित रोजिना श्रेष्ठ संयोजक तोकिदिएका थिए ।

तर उक्त निर्णयमा वडाध्यक्षहरूले विरोध जनाएपछि मेयर शाह पछि हटेको एक वडाध्यक्षले जानकारी दिए ।