२४ असोज ०८२, काठमाडौं । एमालेको भातृ संगठन युवा संघले भोलि निकाल्ने भनिएको मोटरसाइकल -याली स्थगित गरेको छ ।
संघले आज पत्रकार सम्मेलन गरेर भोलि शनिबार तय गरिएको ¥याली स्थगित भएको बताएको हो ।
संघका अध्यक्ष क्षितिज थेबेले स्थानीय प्रशासनले रोक लगाएकाले भाृलिको मोटरसाइकल ¥याली स्थगित गरेको बताए ।
युवा संघका इन्चार्ज राजीब पहारीले पहिलोपटक स्थगित भएको ¥याली दोस्रोपटक नरोकिने चेतावनी दिँदै आइतबारका निम्ति अनुमति दिन सरकारसँग माग समेत गरेका छन् ।













