यू-१९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा भारतमाथि नेपालको ऐतिहासिक जित

२६ कार्तिक ०७४, काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी यू-१९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा भारतमाथि ऐतिहासिक जित हासिल गरेको छ।

आइतबार खेलिएको मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले ऐतिहासिक जित हासिल गरेको हो ।  कुनै पनि स्तरको प्रतियोगितामा क्रिकेटमा नेपालले भारतमाथि जित हासिल गरेको यो पहिलो पटक हो ।

नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १६६ रनमै समेटिएपछि नेपालको १९ रनले जित हासिल गरेको हो ।

तपाइको मत