२६ साउन ०८२, बुटवल । जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई थुनामै पठाउने आदेश जारी गरेको छ ।
न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेको निवेदनमाथि सुनुवाई गर्दै यस्तो आदेश जारी गरेको हो ।
बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका रबिले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्कसहित आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न माग गरेका थिए ।
लामिछानेले आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत साउन १९ गते नै निवेदनसँगै दाखिला गरेका थिए ।













