४ बैशाख ०८२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले अहिले फरक परिस्थितिमा आफ्नो राजीनामाको विषय बाहिर ल्याइएको भन्दै असन्तुष्टि जनाएकी छन् ।
बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सांसद श्रेष्ठले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘मैले पार्टीबाट राजीनामा दिएको होइन, मैले केन्द्रीय सदस्य र सहमहामन्त्री पदबाट राजीनामा दुई हप्ता अगाडि राजीनामा दिएको हुँ ।’
रवि लामिछाने सभापति पदमा फर्किएकै दिन भेटे गरेर आफूले राजीनामा बुझाएको उनले बताएकी छन् ।
उनले पार्टी सभापति रवि लामिछानेसँगै छलफल गरेर सहमहामन्त्री पदबाट राजीनामा दिएको प्रष्टीकरण समेत दिएकी छन् ।
सभापतिले लामिछानेले पछिल्लो बैठकमा पार्टीलाई ‘अब म्यासिभ रिफर्म’मा लैजानुपर्छ भनेको स्मरण गराउँदै उनले भनिन्, ‘उहाँले आफ्नो पदबाट डेलिभरी दिन सकिँदैन भने सोचौं है भनेर भन्नुभएको हो । त्यही स्पिरिटमा दुई हप्ता अगाडि दिएको मैले राजीनामा दिएकी हुँ ।’













