६ जेठ ०८२, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र दिवसको दिनदेखि राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि निर्णायक आन्दोलन गर्ने बताएका छन् ।
लिङ्देनले प्रधानमन्त्रीलाई भाग्न बाध्य पार्ने गरी गणतन्त्र दिवसको दिनदेखि निर्णायक आन्दोलन गर्ने बताएका हुन् ।
‘अँस्ती प्रधानमन्त्रीले संसदमा भन्नुभयो अब उमेरको हिसाबले पनि भाग्न सकिँदैन’ लिङ्देनले भने, ‘भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरुलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले ।’
उनले हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने गरी आफूहरुको आन्दोलन अगाडि बढ्ने पनि बताए ।
आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने पनि उनले बताए । यसअघि चैत १५ गते काठमाडौंको तिनकुनेमा राप्रपा समेत सहभागी राजावादीहरुको प्रदर्शन हिंसात्मक भएको थियो ।













