३१ जेठ ०८२, काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इजरायललाई शान्तिको बाटो रोज्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘इजरायलद्वारा इरानका आणविक केन्द्रहरूमा आक्रमण, जवाफमा इरानद्वारा तेल अवीवमा प्रक्षेपास्त्र प्रहार, अब धेरै भइसक्यो । अब यसलाई रोक्ने बेला आएको छ । शान्ति र कूटनीतिक मार्ग अवलम्बन गरिनुपर्छ ।’
शुक्रबार इजरायलले इरानका विभिन्न स्थानमा आक्रमण गरेपछि इरानले सोको जवाफमा इजरायलतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । त्यसयता दुबै देशबीच तनाव तीव्र बनेको छ ।













