राष्ट्रिय राजमार्ग अनिश्चितकालीन अवरुद्ध गर्ने उखु किसानको चेतावनी

१४ भदौ ०८२, काठमाडौं । आन्दोलनरत् उखु किसानले आफ्ना मागहरू सम्बोधन नभए राष्ट्रिय राजमार्ग अनिश्चितकालीन अवरुद्ध गर्ने चेताजनी दिएका छन् ।

उखु किसानको जायज मागलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले अबको संघर्ष राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने बताएका हुन् ।

उखु उत्पादक महासंघ, नेपाल र उखु उत्पादन हुने जिल्लाहरुका संघको शनिबार बसेको संयुक्त बैठकले यही भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध पारेर आन्दोलन गर्न निर्णय गरेको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने बताएको छ ।