रुसले सम्हाल्यो संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्ष

२३ चैत्र ०७९, काठमाडौं । अप्रिल १ देखि रुसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता सम्हालेको छ ।

रुसले १५ राष्ट्र सदस्य रहेको संयुक्त राष्ट्रसंघको अध्यक्षता गरेसँगै लामोसमयदेखि युक्रेनसँग युद्धमा रहेको उसले सुरक्षा परिषदको अध्यक्षतालाई कसरी उपयोग गर्छ भन्ने चासो छ ।

सदस्य राष्ट्रहरुले एक–एक महिना पालैपालो अध्यक्षता गर्ने गर्दछन् ।

रुस सुरक्षा परिषदका पाँच स्थायी सदस्यमध्ये एक हो । सुरक्षा परिषदका स्थायी सदस्यमा रुससँगै अमेरिका, चीन, फ्रान्स र बेलायत छन् ।

स्थायी सदस्यसँग भिटो पावर प्रयोग गर्ने अधिकार रहन्छ । गत वर्ष संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने प्रस्ताव रुसले भिटो पावर प्रयोग गरेर रोकिदिएको थियो ।