‘लकडाउन’ नेपाल बन्दको कार्यक्रम जस्तो, ५ बजेपछि बजारमा किनमेल गर्नेको भिड !

अस्थायी प्रहरी चौकी, बाँके ।

१३ चैत ०७६, बाँके । नेपाल सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरेको लकडाउन अर्थात् अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कने आदेश कोहलपुरमा पूर्णरुपमा कार्यान्वयन भएको छैन ।

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश ५ का अध्यक्ष दानबहादुर वलीले नेपाल सरकारको कोभिड–१९ को रोकथाम र नियन्त्रणका जारी गरेको आदेश पूर्णरुपमा कार्यान्वयन नभएको बताएका हुन् ।

अध्यक्ष वलीले बाँकेको अवस्था ५ बजेपछि बजारमा भिड लाग्ने गरेको भन्दै ‘लकडाउन’ नेपाल बन्दको कार्यक्रम जस्तो भएको बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश ५ का अध्यक्ष दानबहादुर वली

“सरकारले लकडाउन भनेको छ तर ‘लकडाउन’ नेपाल बन्दको कार्यक्रम जस्तो भएको छ । किनभने, ५ बजेपछि किनमेलका लागि बजारमा भिड लागेको देख्न पाइन्छ’ वलीले भने, ‘कोभिड १९ को संक्रमणबाट जोगिन, रोकथाम र नियन्त्रणका लागि बाँच र बचाऔं भन्ने देखिएको छैन, सरकारको आदेश उल्लङ्घन भएको छ ।”

सडकमा भेटिएका सुरक्षाकर्मीहरुले पनि सुरक्षित विधि नअपनाएको बताउँदै वलीले भने, “प्रहरीले आवतजावत गर्नेहरुलाई चेकिङ्ग गरिरहेका हुन्छन् तर आफैँ नत माक्स नलाएका छन् नत हातमा ग्लोबस् नै लगाएका छन् ।”

लकडउन उल्लङ्घन, सडकमा फाट्टफुट्ट मोटरसाइकलहरु चलिरहेको अवस्था ।

केन्द्र सरकारको आदेशलाई स्थानीय सरकारहरुले सही कार्यान्वयनमा लैजान राम्रो भूमिका खेल्न नसकेको पनि वलीले जानकारी दिए ।

नेपाल सरकारले घोषणा गरेको लकडाउन आफ्नै स्वाथ्य सुरक्षाका लागि भएकाले आम जनताले साथ सहयोग गर्नुपर्ने भन्दै उनले कोरना भाइरस नियन्त्रण सरकारले कडाकदम चाल्नुपर्ने पनि बताए ।