१ मंसिर ०८२, काठमाडौं । जेनेरेशन जेडको आन्दोलनमा उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड र आगजनी गर्नेहरूलाई कारबाही गर्न नेपाल उद्योग वाणिज्य महासंघले माग गरेको छ ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई भेटेर यस्तो माग गरेका हुन् ।
उनीहरुले घटनामा संलग्नहरु माथि कारबाही नगर्ने हो भने समाजमा दण्डहीनता मौलाउँदै जाने र व्यवसायी हतोत्साही हुने उल्लेख गर्दै महानिरीक्षक कार्कीको ध्यानाकर्षण गराएका थिए ।













