२६ भदौ ०८२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छिटो भन्दा छिटो वर्तमान समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन अपिल गरेका छन् ।
राष्ट्रपति पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दै यस्तो बताएका हुन् ।
‘देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।’














