काठमाडौं । लोक सेवा आयोगले एकैपटक ५ सय ४ शाखा अधिकृत माग गरेको छ ।
आयोगले ब्यवस्थापिका संसद, न्याय, प्रशासन, लेखा, लेखापरीक्षण, परराष्ट्र लगायतका सेवा र समूहहरूका लागि अधिकृत माग गरेको हो ।
लोकसेवाले खुलातर्फ २७४, महिला ७३, आदिबासी र जनजातितर्फ ६६, मधेसी ५१, दलिततर्फ १९, अपाङ्ग १० तथा पिछडिएको क्षेत्रतर्फबाट ११ जनका लागि आवेदन माग गरेको छ ।

यो पदमा आवदेन दिनेहरुका लागि २०७३/९/१९ र दोब्बर दस्तुर २०७३/९/२६ गतेसम्मको समय दिइएको छ । दरखास्त दस्तुर रु.१०००।– र, प्रत्येक समावेशी समूहको लागि थप रु. ४००।– (चार सय) शुल्क लाग्ने जनाएको छ ।













