२७ जेठ ०८२, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा संशोधन गर्नुपर्ने २७ बुँदा तयार पारेको छ ।
संसदीय उपसमितिले ४ जेठमा समितिलाई प्रतिवेदन बुझाएपछि शिक्षक महासंघ लगायतका सरोकारवालाले विरोध जनाएका थिए । त्यसपछि समितिको बैठक स्थगित गरी मन्त्रालयले वार्ता गरिरहेको छ ।
‘२७ बुँदे कतिपयमा हाम्रो धारणा र शिक्षा मन्त्रालयको धारणा फरक छ । केही विषयमा दुवै पक्षबाट सम्झौता भएको छ’, शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
मन्त्रालय र महासंघले संशोधन गर्नुपर्ने विषय गत १९ जेठमा नै टुंगो लगाएका हुन् ।













