२९ जेठ ०८०, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाको बैठकमा पेश गरेको विनियोजन विधेयक बहुमतले पास गरेको छ ।
सोमबारको बैठकमा अर्थमन्त्री महतले ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको हो ।
सभामुख देवराज घिमिरेले यही जेठ ३२ देखि असार १२ गतेसम्म विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफलका लागि दिन तोकेका छन् ।













