विभिन्न निकुञ्ज तथा उपभोक्ता समितिलाई अमेरिकाको २० करोड बराबरको सहयोग

७ भदौ ०८२, चितवन । अमेरिकाले राष्ट्रिय प्रकृति संरक्षण कोष एनटिएनसीमार्फत विभिन्न निकुञ्ज तथा मध्यवर्ती उपभोक्ता समितिलाई २० करोड बराबरको सहयोग गरेको छ ।

नेपालमा हुने वन्यजन्तु अपराध नियन्त्रण गर्न अमेरिकी दूतावासले एनटीएनसीमार्फत देशका १४ वटा राष्ट्रिय निकुञ्ज तथा आरक्ष र १० वटा मध्यवर्ती उपभोक्ता समितिहरुलाई तालिमदेखि विभिन्न लजिष्ट्रिक सामाग्रीहरु उपलब्ध गराएको हो ।

चितवनको सौराहास्थित एनटिएनसीको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नेपालस्थित अमेरिकी राजदूतावासका डेपुटी चिफ इन नेपाल अफ मिसन जसन पि. मेक्सको उपस्थितिमा« १४ वटा राष्ट्रिय निकुञ्ज तथा आरक्ष र समुदायमा आधारित चोरी सिकारी युवा जागरण अभियान (सिबिएपियू) लाई ल्यापटप, क्यामेरा, दूरबिन, हेड लाइट, वाकिटकी, जिपिएस र प्राथमिक उपचारका ७ करोडभन्दा बढिको सामग्रीहरु उपलब्ध गराइएको थियो ।

यो सहयोग युएस गभर्मेन्ट डिपार्टमेन्ट अफ स्टेट व्युरो अफ इन्टरनेशनल नरकोटिक्स र ल इन्फोर्समेन्स एफियर्स (आईएनएल) ले राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत सञ्चालन गरेको वन्यजन्तु अपराध नियन्त्रणसम्बन्धी कार्यक्रमबाट प्राप्त भएको हो ।