विशेष ब्यूरो प्रमुख केसीको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुरुवा

१२ साउन ०८१, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको विशेष ब्यूरो प्रमुख डीआईजी मनोज केसीलाई नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको छ भने ब्यूरोमा प्रहरी प्रतिष्ठानका डीआईजी राजन अधिकारीलाई ल्याइएको छ ।

केसी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहेका बेला नै भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएको थियो ।

रवि लामिछाने गृहमन्त्री हुँदा उनको निकट भएर काम गरेको आरोप लाग्ने गरेका केसी नेतृत्वको अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।

दुलाल र भण्डारीको बयानबाट भुटानी शरणार्थी प्रकरणमा गृह मन्त्रालयका उच्च पदस्थहरु अधिकारीहरु नै यो प्रकरणमा संलग्न रहेको खुलेको थियो ।