२१ बैशाख ०७७, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट विश्वभर दुई लाख ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
आइतबार बिहानसम्म दुई लाख ४४ हजार ७ सय ७८ जनाको ज्यान गइसकेको विकीटेकीले जनाएको छ ।
विकीटेकीकाअनुसार सबैभन्दा बढी अमेरिकामा ६७ हजार ४४४ जनाको मृत्यु भएको छ । त्यहाँ ११ लाख ६० हजार ७७४ जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख ७३ हजार ७२५ जना निको भइसकेका छन् ।
संयुक्तराज्य अमेरिकापछि इटालीमा २८ हजार ७१० जना, बेलायतमा २८ हजार १३१ जना, स्पेनमा २५ हजार १०० जना, फ्रान्समा २४ हजार ७६० जनाको ज्यान गइसकेको छ ।
यस्तै बेल्जियममा ७ हजार ७६५, जर्मनीमा ६ हजार ८१२, ब्राजिलमा ६ हजार ७६१, इरानमा ६ हजार १५६, नेदरल्याण्डमा ४ हजार ९८७, चीनमा ४ हजार ६३३, क्यानाडामा ३ हजार ५६६, टर्कीमा ३ हजार ३३६, स्वीडेनमा, २ हजार ६६९, मेक्सिकोमा २ हजार ६१, स्वीजरल्याण्डमा १ हजार ७६२, इक्वेडरमा १ हजार ३७१,भारतमा १ हजार ३२३, आयरल्याण्डमा १ हजार २८६, रसियामा १ हजार २२२, पेरुमा १ हजार २ सय, पोर्चुगलमा १ हजार २३ जनाको कोभिड–१९ बाट ज्यान गइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयकाअनुसार नेपालमा ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १६ जना निको भइसकेका छन् । हाल आइसोलेसनमा ८९ जना र क्वारेन्टाइनमा २२ हजार ९७८ जना रहेका छन् ।














