१३ जेठ ०८०, कैलाली । कानून संकायमा अध्ययनरत सुदूरपश्चिम विश्वविद्यालयको आंगिक कलेज टीकापुर बहुुमुखी क्याम्पसका विद्यार्थीहरु विषय शिक्षकको माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
कानून संकायतर्फ टीकापुरमा २०७८ सालदेखि एलएलबीको पढाउन थालिएको यस क्याम्पसमा कानून विषयकै शिक्षक पदपूर्ति नभएकाले विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
एलएलबी अध्ययनरत विद्यार्थीहरुले कानून विषयको शिक्षकबिनै अध्यापन गराइरहेकाले आन्दोलन थालिएको बताएका छन् ।
पहिलो सेमेष्टरदेखि नै विषय शिक्षक नभएको भन्दै पहिलो सेमेष्टर र तेस्रो सेमेष्टरसम्मका विद्यार्थीहरुले क्याम्पस परिसरमा धर्ना बसेका छन् ।













