वैदेशिक रोजगारमा रहेका नागरिकलाई मतदानको अधिकार प्रदान गर्नु

२ साउन ०८२, काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगारमा रहेका नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने यसअघिको आदेश कार्यान्वयन गर्न निर्वाचन आयोगलाई ताकेता गरेको छ ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले निर्वाचन आयोगलाई साउन १ गते ताकेतासहितको आदेश दिएको हो ।

अदालतले २०७४ चैत ७ मा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था आवश्यक कानुनी र पूर्वाधारको व्यवस्था गर्न आदेश दिएको थियो । अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा उक्त आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेश कार्यान्वयन नभएको जनाउँदै अधिवक्ता यज्ञमणि न्यौपानेले निवेदन दिएका थिए । न्यौपानेको निवेदन अनुसार अदालतले निर्वाचन आयोगलाई ताकेता गरेको हो ।